ट्रम्पले जर्जियाको जेलमा गरे आत्मसमर्पण, जेलले जारी गर्यो ऐतिहासिक तस्बिर
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।
ट्रम्पको जेलबाट आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।
ट्रम्पको जमानतको लागि दुई लाख डलर तोकिएको छ । यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध थुप्रै आरोप लगाएका थिए । जो बाइडेनमार्फत् पाएकाे पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ ।
ट्रम्पले अदालत वा सङ्घीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो । यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीन पटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन ।
फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम राखिएको छ । यसले उनी विरुद्ध लगाइएको १३ आरोप, कथित अपराधको मिति र जमानत विवरणहरू पनि सूचीबद्ध गर्दछ ।
ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावलाई चुनौती दिन सक्नुपर्छ । चुनाव धाँधलीपूर्ण चुनाव थियो भन्ने मेरो मान्यता हो । मैले कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ । निर्वाचनमा बेइमानी भएको महसुस भएमा त्यसलाई चुनौती दिने अधिकार हामीसँग छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण