ट्रम्पले सन् २०२१ पछि पहिलो पटक ट्विट गर्दा मस्कले दिए यस्तो प्रतिक्रिया
लगभग साढे दुई वर्ष पछि अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लेटफर्म एक्स (जसलाई पहिला ट्विटरका नामले चिनिन्थ्यो) मा ट्विट गरे ।
उनले आफ्नो मगसट एक्समा ट्विट गरेका छन् । अब यसमा एक्सका मालिक एलन मस्कले प्रतिक्रिया दिएका छन् । ट्रम्पको ट्विटमा एलन मस्कले लेखे – नेक्स्ट लेभल ।
ट्रम्पले जर्जिया जेलबाट जारी आफ्नो मगसट अर्थात् जेलबाट जारी गरिएको तस्बिर ट्विट गर्दै आफ्नो वेबसाइटको जानकारी साझा गरेका छन् । यसमार्फत उनी आफ्नो अभियानका लागि रकम सङ्कलन गर्ने गर्छन् ।
Next-level https://t.co/E81JKWTJPS
— Elon Musk (@elonmusk) August 25, 2023
यसअघि ट्रम्पले ८ जनवरी सन् २०२१ मा ट्विट गरेका थिए । त्यसपछि आज उनले यो प्लेटफर्म प्रयोग गरेका छन् ।
ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो । अघिल्लो वर्ष एक्सका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथि लागेको प्रतिबन्ध हटाएका थिए । तर पनि उनले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण