शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले सन् २०२१ पछि पहिलो पटक ट्विट गर्दा मस्कले दिए यस्तो प्रतिक्रिया

शुक्रबार, ०८ भदौ २०८०, १० : ००
शुक्रबार, ०८ भदौ २०८०

लगभग साढे दुई वर्ष पछि अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लेटफर्म एक्स (जसलाई पहिला ट्विटरका नामले चिनिन्थ्यो) मा ट्विट गरे । 

उनले आफ्नो मगसट एक्समा ट्विट गरेका छन् । अब यसमा एक्सका मालिक एलन मस्कले प्रतिक्रिया दिएका छन् ।  ट्रम्पको ट्विटमा एलन मस्कले लेखे – नेक्स्ट लेभल । 

ट्रम्पले जर्जिया जेलबाट जारी आफ्नो मगसट अर्थात् जेलबाट जारी गरिएको तस्बिर ट्विट गर्दै आफ्नो वेबसाइटको जानकारी साझा गरेका छन् । यसमार्फत उनी आफ्नो अभियानका लागि रकम सङ्कलन गर्ने गर्छन् । 

यसअघि ट्रम्पले ८ जनवरी सन् २०२१ मा ट्विट गरेका थिए । त्यसपछि आज उनले यो प्लेटफर्म प्रयोग गरेका छन् । 

ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो  । अघिल्लो वर्ष एक्सका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथि लागेको प्रतिबन्ध हटाएका थिए । तर पनि उनले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप