आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजेशपायल राईको नयाँ गीतमा एलिशा र उत्तमको रोमान्स

शुक्रबार, ०८ भदौ २०८०, १३ : ५२
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । लोकप्रिय गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक भएको छ । विक्रम संगम राईको शब्द तथा संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा भने एलिशा राई र उत्तम राईको अभिनय छ । प्रेमकथा बुनिएको भिडियो सौरभ लामाले निर्देशन गरेका हुन् ।

दीप सिकेको नृत्य, हिमाल श्रेष्ठको छायाङ्कन रहेको भिडियो सन्देश शाहले सम्पादन गरेका हुन् । भिडियो साँखु र भक्तपुरको आकर्षक स्थानमा खिचिएको हो । ‘लेखेको भावी मेटिँदैन’ बोलको गीतको सफलतापछि त्यसैको सिक्वेलको रूपमा यो गीत तयार पारिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप