घनश्याम भुसालले भने–ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे ।
महासचिव भुसालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भर्त्सनामा उत्रिनेहरू आएको उल्लेख गरे । उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उल्लेख गरे ।
महासचिव भुसालले राजनीतिमा अहिले घृणित संस्कृति भइरहेको बताए । उनले गठबन्धनमा कांग्रेससँगै आफूहरु रहेपनि कांग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भविष्य नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण