जोड–घटाउ
म प्रायः बिदाको दिन, त्यस्तै कुनै धार्मिक अवसरको दिन अनि बाटोमा परेको मन्दिरमा जाने गर्छु ।
एक दिन बिहानीपख मन्दिर गएको थिएँ । मन्दिर बाहिर छेउमै ९÷१० वर्षकी एक सानी नानी दियो, बत्तीको पेसा लिन बसेकी थिइन् । त्यहाँ ठुलो दियोको ३० रुपैयाँ र सानोको १५ रुपैयाँ लेखी छुट्याएर राखेको थियो । म ती सानी नानीलाई ५० को नोट दिन्छु र सानो १५ रुपैयाँ पर्ने दियो बत्ती लिन्छु।
ती सानी नानी मोबाइल झिकी आफ्नो सानो औँला मोबाइलको स्क्रिनमा खेलाउँछिन् । अनि, क्यालकुलेटर चिन्ह थिचेर कति फिर्ता गर्नुपर्छ भनी हिसाब गर्न थाल्छिन् ।
त्यतिकैमै एकजना अन्दाजी ७०÷७२ वर्ष जतिको वृद्ध मानिस आई पुग्छन् । सायद ती सानी नानीका हजुरबुबा हुनुपर्छ ।
“नानी, अङ्कललाई ३५ रुपैयाँ फिर्ता गर त । यति सानो हिसाब गर्न पनि क्यालकुलेटर थिच्नु पर्छ र ? मुखैले हिसाब गर्न सकिहालिन्छ नि ।’
स्कुल बिदा भएकाले जिद्दी गरेर ती नातिनी मन्दिर आएकी थिइन् ।
अनि मलाई हेरी हजुर बा भन्छन्, “हेर्नुस् न हजुर, हामी साधारण अङ्क मात्र चिनेका बुढापाका अनपढले त सानो जोड घटाउ हिसाब मुखैले गर्न सक्छौ । तर, आजकल स्कुल पढेका नानीहरूलाई सानोतिनो जोड घटाउ गर्न पनि क्यालकुलेटर थिच्नुपर्ने ।
“यस्तै छ बुबा । नयाँ पीढीका बालबालिकाहरू आफ्नो दिमाग खियाउनै चाहँदैनन् । सबै मेशिनले नै सहज गरिदिएपछि किन आफ्नो दिमाग खियाउन् र ।’
‘फेरि अचेल स्कुलहरूले पनि व्यवहारिक ज्ञान सिकाउन पनि त्यति महत्त्व दिँदैनन् भन्या ।’ ती वृद्धले भने ।
म अलि हतारमा थिएँ । उनको कुरामा हो मा हो मिलाउँदै ती सानीनानीले फिर्ता गरेको ३५ रुपैयाँ र दियो बत्ती लिई मन्दिर प्रवेश गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण