ड्राइभरको प्रशंसा
साउने झरी वर्षिरहेको थियो । बसको सिसाको झ्यालमा पानीले बाहिरको दृश्य धमिलो देखिन्थ्यो । लोकदोहोरी घन्काउँदै बसका चालक फुर्वा गाडी हँुइक्याइरहेका थिए ।
ड्राइभरको छेउमा थिए, अधवैशे युवा त्रिलोक रत्न ।
उनले भने, ‘गुरुजीको आत्मविश्वास चाँइ मान्नै पर्छ । कस्तो स्पीड हाँक्नु भाको ।’
काठमाडौंबाट चितवनतर्फ हाइवेमा रन्केर बस गुडिरहेको थियो ।
बसको पछिल्लो सिटबाट एक बूढीआमै गाडी स्पीड कुदाएकोमा धारे हात लगाउँदै कराइरहेकी थिइन् । तर, उनको आवाज दोहोरी गीतको रन्कोमा विलिन भइरहेको थियो ।
कुदिरहेको बस एक्कासी ड्याम्म केही चिजमा ठोक्कियो र खोला किनारामा उत्तानो पर्यो ।
बच्चा बूढाबूढी चिच्याएको कारुणिक आवाज आइरहेको थियो ।
घाइते त्रिलोक रत्न बोल्न सक्ने अवस्थामा थिए । उनले सासले मधुरो बोल्दै भने, ‘गुरुजी, मलाई पानी दिनुस् न ।’ उनले यताउता हेरे । उनलाई पानी दिन सक्ने त्यहाँ कोही थिएन ।
रगतले लतपतिएका गुरुजीले जिब्रो टोकिसकेका थिए । केही क्षणपछि त्रिलोक रत्नले पनि दुर्घटनास्थलमै प्राण त्याग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण