संसदीय समितिको सभापतिमा माओवादीबाट माधव सापकोटा र विमला सुवेदी
काठमाडौँ । माओवादी केन्द्रले ‘मिनी पार्लियामेन्ट’को रूपमा रहेको संसदको १० वटा विषयगत समितिमध्ये २ वटामा माधव सापकोटा र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो ।
जसअनुसार सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटालाई पूर्वाधार विकास समितिको सभापति बनाउने भएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
‘माओवादीले पाएको समितिको सभापति टुंगो लागेको छ । यसै विषयमा अन्तिम रूप दिन संसदीय दलमा बैठक बस्दैछ । दलले टुंग्याएपछि मनोनय दर्ताका लागि अगाडि बढ्छौं’, तीन नेताले भने ।
सभापतिको लागि मनोनयन दर्ताका लागि बहान ११ बजेदेखि दिउँसो ४ बजे समय निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण