मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी सरकारलाई समर्थन गर्ने सर्तमा राप्रपालाई सभापति छोडेँ : माधव सापकोटा

आइतबार, १० भदौ २०८०, १४ : १५
आइतबार, १० भदौ २०८०

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापतिबाट आउट भएका माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशी सरकार बचाउनका लागि आफूले त्याग गरेको बताएका छन् । यसअघि गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रको भागमा परेको विकास समितिको सभापति सापकोटालाई बनाउने तयारी गरेको थियो ।

सोही बमोजिम आइतबार बिहान उनलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । अन्तिममा कोशीमा राप्रपाले  गठबन्धनलाई सहयोग गर्ने गरी आफूले सभापति त्याग गरेको सापकोटाले रातोपाटीलाई जानकारी दिए । 

‘कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी हामीले सभापति दिने प्रस्ताव गर्यौं । दलहरूबीच त्यस्तो लिखित सहमति त भएको छैन । तर त्यहाँ गठबन्धन दललाई समर्थन गर्ने गरी  मैले सभापति छोडेको हुँ’, उनले भने ।

राप्रपाबाट मकवानपुर–१ का सांसद दीपक सिंह सभापति बनेका छन् । सभापतिमा सिंहले बाजी मारेपछि उनको प्रस्तावक सापकोटा बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप