कोशी सरकारलाई समर्थन गर्ने सर्तमा राप्रपालाई सभापति छोडेँ : माधव सापकोटा
काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापतिबाट आउट भएका माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशी सरकार बचाउनका लागि आफूले त्याग गरेको बताएका छन् । यसअघि गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रको भागमा परेको विकास समितिको सभापति सापकोटालाई बनाउने तयारी गरेको थियो ।
सोही बमोजिम आइतबार बिहान उनलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । अन्तिममा कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने गरी आफूले सभापति त्याग गरेको सापकोटाले रातोपाटीलाई जानकारी दिए ।
‘कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी हामीले सभापति दिने प्रस्ताव गर्यौं । दलहरूबीच त्यस्तो लिखित सहमति त भएको छैन । तर त्यहाँ गठबन्धन दललाई समर्थन गर्ने गरी मैले सभापति छोडेको हुँ’, उनले भने ।
राप्रपाबाट मकवानपुर–१ का सांसद दीपक सिंह सभापति बनेका छन् । सभापतिमा सिंहले बाजी मारेपछि उनको प्रस्तावक सापकोटा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण