मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षसहित ९ जनाको आवेदन

आइतबार, १० भदौ २०८०, १४ : २१
आइतबार, १० भदौ २०८०

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको छ । वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसहित ९ जनाले आवेदन दिएका हुन् । आवेदन दिएका मध्ये एक जनाको अस्वीकृत गरिएको छ ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको समयभित्र ९ जनाले आवेदन दिएका हुन् । 

जसमा प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुष दाहाल, डा विधाननिधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा अन्जनीकुमार झा र प्राडा मनेन प्रसाद गोर्खालीको आवेदन परेको हो । र समितिले उनीहरूको दरखास्त स्वीकृत गरेको समितिले जनाएको छ । 

आवेदन दिएका डा.वीरेन्द्रप्रसाद यादवको आवेदन भने अस्वीकृत गरिएको छ । उनले पेश गरेको कागजात र स्वयम्ले पेश गरेको वैयक्तिक विवरणमा उल्लेखित अनुभवको अवधि गणना गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ बमोजिमको बीस वर्षको कार्यनुभव पूरा नभएको नदेखिएकाले दरखास्त अस्वीकृत गरिएको समितिले जनाएको छ ।  समितिले साउन २६ गते गोरखापत्रमा सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो । 

समितिले सिफारिस गरेका नामहरूको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेछ ।  भदौ २६ गते वर्तमान उपाध्यक्ष गिरीको ४ वर्षे कार्यकाल सकिँदैछ । उनको कार्यकाल सकिनु अघि नै उपाध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षता तीन सदस्यीय समिति गठन गरेको थियो । 

आवेदन दिनेहरूमध्ये प्राडा भण्डारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति हुन् । त्यस्तै प्राडा श्रेष्ठ केएमसी अस्पतालका प्राध्यापक हुन् । त्यस्तै डा. मिश्र पूर्वस्वास्थ्य सचिव हुन् । भने प्राडा दाहाल वीर अस्पतालका चिकित्सक हुन् । त्यस्तै प्राडा पौडेल सिभिल अस्पतालका डाइरेक्टर हुन् ।  डा.यादव ट्रमा सेन्टरका पूर्व डाइरेक्टर हुन् । भने डा.झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । प्राडा गोर्खालीले समेत आवेदन दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप