पहिरोले बिगुमा चार घरमा क्षति
आइतबार, १० भदौ २०८०, १५ : ४५
दोलखा । दोलखामा पहिरोले चार घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्याएको हो ।
पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए ।
इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशंकर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण