मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले बिगुमा चार घरमा क्षति

आइतबार, १० भदौ २०८०, १५ : ४५
आइतबार, १० भदौ २०८०

दोलखा । दोलखामा पहिरोले चार घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्‍याएको हो । 

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्‍याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए ।  

इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशंकर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप