महिलामाथि तालिबानको नयाँ प्रतिबन्ध
आइतबार, १० भदौ २०८०, २१ : २४
काबुल । अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा आदेशमा महिलामाथि नयाँ प्रतिबन्ध लगाएको छ । तालिबानले देशको बामियान प्रान्तको बन्द-ए-अमिर राष्ट्रिय निकुञ्जमा महिलालाई प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
अफगानिस्तानका कार्यवाहक मन्त्री मोहम्मद खालिद हनाफीले पार्कभित्र महिलाहरूले हिजाब नलगाएको आरोप लगाए । उनले धर्मगुरु र सुरक्षा निकायबाट यस विषयमा समाधान नआएसम्म महिलालाई राष्ट्रिय निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए ।
बन्द-ए-अमिर अफगानिस्तानको पहिलो राष्ट्रिय निकुञ्ज हो र मुख्य पर्यटकीय आकर्षण हो । यसले सन् २००९ मा राष्ट्रिय निकुञ्जको हैसियत पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण