मुद्दा नचल्ने निर्णयपछि पूर्व निर्वाचन आयुक्त सुधीर शाह रिहा

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर शाहविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचल्ने निर्णय गरेको हो ।
मुद्दा नचल्ने निर्णयपछि शाह रिहा भएका छन् । मुद्दा नचल्ने निर्णयपछि शाहलाई हिरासतमुक्त गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई असार १२ मा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
पूर्व निर्वाचन आयुक्त शाहले जिल्ला मालपोत कार्यालय भक्तपुरमा रहँदा ललिता निवासको जग्गाको कागजात किर्ते गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
डिल्लीबजार मालपोतका कर्मचारीसँग मिलेर शाहले पत्नी उर्मिला शाहको नाममा ५ रोपनी जग्गा ‘हालै देखिको बकस पत्र लिखित पारित गराएको’ भन्दै प्रहरीले उनलाई प्रतिवादी कायम गर्न राय दिएको थियो । तर, आइतबार अभियोग पत्र दर्ता गर्दा सरकारी वकिलले उनलाई प्रतिवादी बनाएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही