मुद्दा नचल्ने निर्णयपछि पूर्व निर्वाचन आयुक्त सुधीर शाह रिहा
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर शाहविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचल्ने निर्णय गरेको हो ।
मुद्दा नचल्ने निर्णयपछि शाह रिहा भएका छन् । मुद्दा नचल्ने निर्णयपछि शाहलाई हिरासतमुक्त गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई असार १२ मा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
पूर्व निर्वाचन आयुक्त शाहले जिल्ला मालपोत कार्यालय भक्तपुरमा रहँदा ललिता निवासको जग्गाको कागजात किर्ते गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
डिल्लीबजार मालपोतका कर्मचारीसँग मिलेर शाहले पत्नी उर्मिला शाहको नाममा ५ रोपनी जग्गा ‘हालै देखिको बकस पत्र लिखित पारित गराएको’ भन्दै प्रहरीले उनलाई प्रतिवादी कायम गर्न राय दिएको थियो । तर, आइतबार अभियोग पत्र दर्ता गर्दा सरकारी वकिलले उनलाई प्रतिवादी बनाएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण