शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमा खिचिएको तस्बिरपछि डोनाल्ड ट्रम्पमाथि डलरको वर्षा

आइतबार, १० भदौ २०८०, २१ : ४९
आइतबार, १० भदौ २०८०

न्यूयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रवक्ताले ट्रम्पको चुनावी अभियानले पछिल्लो तीन हप्तामा २ करोड डलर कोष जुटाएको बताएका छन् ।

डोनाल्ड ट्रम्पले हालै सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको थियो । यी आरोपहरू पछि ट्रम्पको चुनावी अभियानको लागि कोषमा तीव्र वृद्धि देखिएको छ।

आरोपबीच ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो । त्यहाँ उनको मगसट (तस्बिर) पनि खिचिएको थियो। ट्रम्पका प्रवक्ताका अनुसार यो मगसटपछि उनको लागि चन्दा प्राप्त गर्ने क्रम बढेको छ । त्यस पछि दुई दिन भित्र ट्रम्पले ७० लाख डलरभन्दा बढी चन्दा प्राप्त गरेका छन् ।

ट्रम्पले हाल चारवटा मुद्दाको सामना गरिरहेका छन्, जसमध्ये दुई राष्ट्रपति चुनावमा पराजित भएको दाबीसँग सम्बन्धित छन् । दुई वटा घटना अमेरिकाको राजधानी क्यापिटल हिलमा उनका समर्थकको आक्रमणसँग सम्बन्धित छन्। सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा आएपछि ट्रम्पले आफ्ना समर्थकहरूलाई आफू षड्यन्त्र कारण हारेको संकेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप