बिरामीको मृत्यु प्रकरण : अस्पतालमा सुरक्षा बढाइयो, उजुरीको तयारी
सोमबार, ११ भदौ २०८०, ११ : ४७
धनगढी । पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएपछि धनगढीस्थित स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो ।
उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैबीच मृतकका आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका छन् । मृतकका ज्वाइँ रमेश चौधरीले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएकोले कारबाहीको लागि कानुनी प्रक्रियामा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण