बिरामी मृत्यु प्रकरण : आफन्त र अस्पतालबीचको वार्ता निष्कर्षविहीन, अस्पतालमा तनाव

धनगढी । धनगढीस्थित स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त र अस्पताल प्रशासनबीच छलफल भएको हो ।
तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
मृतकका आफन्त रामु कुश्मीले आफूहरुको मागप्रति अस्पताल प्रशासन गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन बनेको बताए ।
वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका छन् । आफन्तले अस्पतालमा तालाबन्दीको प्रयास समेत गरेको बताइएको छ । अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ ।
उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्