पहिलोपटक ‘नाडा अटो शो’ मा सटल बस सञ्चालन हुने
काठमाडौँ । पहिलो पटक ‘नाडा अटो शो’ मा सटल बस सञ्चालन गरिने भएको छ । आयोजक नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले १५ औं सस्करणको नाडा अटो शो, २०२३ मा निःशुल्क सटल बसको सञ्चालन गर्ने भएको हो ।
झण्डै ४ वर्षपछि आयोजना हुँदै गरेको नाडा अटो शो यहीँ आउँदो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।
२ लाखभन्दा बढी अवलोकनकर्ताहरुको सवारी पार्किङको समस्यालाई ध्यानमा राख्दै पहिलो पटक निःशुल्क सटल बसको व्यवस्था गरिएको आयोजक नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । यसपटकको नाडा अटो शोमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु रहने छन् ।
प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने आयोजक नाडाले जनाएको छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, बिक्री पछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटोसम्वन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा स्टलको व्यवस्था गरिएको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण