मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको  विद्यामान संविधान खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

सोमबार, ११ भदौ २०८०, १६ : २०
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताएका छन् । 

सोमबार राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नु पर्ने धारणा राखेका हुन् । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको  उनले जिकिर गरे । 

‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ । यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’, उनले भने, ‘अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’

कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने धारणा राखे । दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरेपनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको उनले आरोप लगाए । 

माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने उनको जिकिर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप