नेपालको विद्यामान संविधान खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नु पर्ने धारणा राखेका हुन् । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको उनले जिकिर गरे ।
‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ । यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’, उनले भने, ‘अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’
कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने धारणा राखे । दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरेपनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको उनले आरोप लगाए ।
माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने उनको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण