अटो शो प्रवेश शुल्क २ सय रुपैयाँ तोकियो, विद्यार्थीलाई २५ प्रतिशत छुट
काठमाडौँ । नाडा अटो शो, २०२३ को टिकट बुकिङ खुल्ला भएको छ । भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुने १५औं संस्करणको नाडा अटो शोको अनलाइन र भौतिक टिकट काट्न सकिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजक नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको थापाले जानकारी दिए ।
अटो शोको टिकट बुकिङ तथा अनलाइन डिजिटल पार्टनरमा खल्ती एप रहेको छ । भदौ २६ गतेदेखि चल्ने नाडा अटोका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिसकिएको र अनलाइनमार्फत टिकट बुक गर्दा २० प्रतिशत क्यास ब्याक समेत पाइने नाडाले जनाएको छ ।
साना–ठूला गरी १२० भन्दाबढी स्टल रहने यस पटकको नाडा अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने नाडाले जनाएको छ । यसपटकको अटो शोमा २० अर्ब रुपैयाँ बराबरको व्यापार हुने आयोजक नाडाको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण