चन्द्रमापछि सूर्यको अध्ययनका लागि अन्तरिक्षयान पठाउँदै भारत
नयाँ दिल्ली । चन्द्रयान–३ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ईसरो) ले आदित्य एल–१ मिसन सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११ः ५० बजे प्रक्षेपण गर्ने जानकारी दिएको छ । ईसरोका अनुसार यो सूर्यको अध्ययनका लागि भारतको पहिलो अन्तरिक्ष अभियान हो ।
ईसरोले यो अन्तरिक्ष यानको सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज बिन्दु (एल १) को चारैतर्फ र एक प्रभामण्डल कक्षमा पठाइने जनाएको छ । यो पृथ्वीबाट लगभग १५ लाख किलोमिटर टाढा रहेको छ । ‘एल १ बिन्दु र प्रभामण्डल कक्षमा एक उपग्रह राख्नुको प्रमुख फाइदा भनेको त्यसले बिना कुनै ग्रहण सूर्यलाई लगातार हेर्न सक्छ । यसबाट वास्तविक समयमा सौर्य गतिविधि र अन्तरिक्ष मौसममा यसको प्रभावलाई अध्ययन गर्न अधिक लाभ प्राप्त हुनेछ,’ ईसरोको भनाई छ ।
अन्तरिक्ष यान सातवटा पेलोड लिएर जानेछ । यसले फोटोस्फेयर, क्रोमोस्फेयर र सूर्यको सबैभन्दा बाहिरी भागको अध्ययन गर्नेछ । २३ अगस्तमा चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण