संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छुः सभापति सुवेदी
_daoCYhfnUs.jpg)
काठमाडौँ। कानून, न्याय तथा मानव अधिकार समितिकी नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छन् ।
सोमवार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी हुन् ।
उनले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिने । सुवेदीले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताइन् । समितिको निर्देशनहरुलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने सुवेदीले बताइन् ।
उनले भनिन्, ‘हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरुलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौ । म आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्छु । अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो । अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरुको कार्यान्वयनका निम्ति गम्भिरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु । र त्यसको कार्यान्वयन गराउनका लागि हाम्रो तर्फबाट एकदमै धेरै पहल गर्नेछौँ । विधेयकलाई पास गराउनको निम्ति समितिले छिटोभन्दा छिटो पास गराउनको निम्ति हामी पहल गर्छौ । मलाई विश्वास छ पास हुन्छ । समितिका सबैको साथ, सहयोगबाट यो पास हुन्छ भन्ने मलाई विश्वास छ ।’
सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार