संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छुः सभापति सुवेदी
काठमाडौँ। कानून, न्याय तथा मानव अधिकार समितिकी नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छन् ।
सोमवार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी हुन् ।
उनले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिने । सुवेदीले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताइन् । समितिको निर्देशनहरुलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने सुवेदीले बताइन् ।
उनले भनिन्, ‘हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरुलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौ । म आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्छु । अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो । अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरुको कार्यान्वयनका निम्ति गम्भिरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु । र त्यसको कार्यान्वयन गराउनका लागि हाम्रो तर्फबाट एकदमै धेरै पहल गर्नेछौँ । विधेयकलाई पास गराउनको निम्ति समितिले छिटोभन्दा छिटो पास गराउनको निम्ति हामी पहल गर्छौ । मलाई विश्वास छ पास हुन्छ । समितिका सबैको साथ, सहयोगबाट यो पास हुन्छ भन्ने मलाई विश्वास छ ।’
सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण