नाडा अटो शोमा विश्वप्रसिद्ध ब्राण्ड ‘सेरेस’ लन्च हुँदै
काठमाडौँ । विश्वप्रसिद्ध ब्राण्ड ‘सेरेस’ नाडा अटो शो २०२३ को अवसरमा नेपाली बजारमा लन्च हुने भएको छ । हाल चिनियाँ ईभी ब्राण्ड च्याङ्योङ भित्र्याइरहेको कम्पनी एमएडब्लू इन्टरप्राइजेज लि.ले नै उक्त ब्राण्ड नेपालमा भित्र्याएको हो ।
सेरेस ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ । ईभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ । सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई सञ्चालन गर्दै आएको छ ।
ड्राइभिङलाई थप पर्यावरण–मैत्री र व्यवहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीले बताएको छ । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष ५ हजार कम्पनीहरूको प्रदर्शन मूल्याङ्कनमा पर्छ । सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदनअनुसार सोकोन (हाल सेरेस) एक
सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ । साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढीले गाडीको बिक्री बढिरहेको समेत कम्पनीको दाबी छ ।
यहि भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुने १५ औं सस्करणको नाडा अटो शो २०२३ को अवसरमा कम्पनीले सेरेसलाई नेपालमा आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण