सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग.२२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३-००१- क ००२१३ नम्बरको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तनहुँ घर भएकी २० वर्षीया वर्षा कुमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता बाराको कलैया उपमहानगरपालिका-१८ स्थित सडकमा प्र.२-०३-००७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक प्रसौनी गाउँपालिका-१ बस्ने ३२ वर्षीय रबी गुप्ताको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल प्रसौनी हुँदै थप उपचारको लागि एनएमसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै मोरङको उर्लाबारी नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र.३-००१ क ००९५ नम्बरको टिपरले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी तिरहुत गाउँपालिका-५ बस्ने २८ वर्षीय निरज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण