सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानको सजायमा इस्लामाबाद  उच्च अदालतले लगायो रोक, रिहा गर्न आदेश

मङ्गलबार, १२ भदौ २०८०, १४ : ०६
मङ्गलबार, १२ भदौ २०८०

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा मङ्गलवार रोक लगाएको छ । 

यो रोक तोसाखाना मामिलामा लगाइएको हो । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।

इस्लामाबाद उच्च अदालतले सोमबार यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको सजाय सुनाएको थियो । 

अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप