निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन: कानूनमन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि आग्रह गरे ।
मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाइ थियो ।
मन्त्री गुरुङले भने, ‘विचौलिया हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो । सधैँ मन्त्री भइन्छ भन्ने होइन । सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन । बिचौलियाकै विरुद्ध लडेर यहाँसम्म आएको छु । सामन्तवादकै विरुद्धमा लडेर यहाँसम्म आएको छु । तर आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा बिचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि ? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ । म खुला पाना हुँ, पढे हुन्छ ।’
मन्त्री गुरुङले आफू जिन्दगीभर बिचौलिया विरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरूलाई अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश