मनोज गजुरेलको गाईजात्रा भदौ १४ देखि प्रज्ञामा

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको टिमले २०८० सालको गाईजात्रा भदौ १४ गतेबाट प्रज्ञा भवनमा देखाउने भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै यसपालिको गाईजात्रा भदौ १४, १६ र १७ गते प्रज्ञा भवनमा हुने जानकारी गराइएको हो ।
कार्यक्रममा बोल्दै व्यङ्ग्य कवि शैलेन्द्र सिम्खडाले यस वर्षको गाईजात्रामा पुस्ता हस्तान्तरणको पाठ राजनीतिक दलका नेताहरूलाई सिकाउने बताए । उनले भने, ‘मैले गरेको यो चौथो पुस्तासम्मको गाईजात्रा हो । हामीले यसपालिको गाईजात्रामा पुस्ता कसरी हस्तान्तरण हुन्छ भन्ने कुरा हामी नेताहरूलाई देखाइदिन्छौँ । संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको उद्देश्य हो ।’
कार्यक्रममा बोल्दै वरिष्ठ हास्य कलाकार गजुरेलले अब पुस्ता हस्तान्तरणको बेला भएको र यस वर्षको गाईजात्राको उद्देश्य पनि सोही रहेको जिकिर गरे । उनले यस पटकको गाईजात्राले मानिसको दिल हँसाउने प्रयास गरेको बताए । उनले भने, ‘अब पुस्ता हस्तान्तरणको बेला हो । ६० माथिका अङ्कलहरूले ४० तिरका युवाहरूलाई हस्तान्तरण गर्नुपर्छ । यो ३० वर्षमा परिवर्तन के भएछ ? हामी यसको समीक्षा गर्न सक्छौँ । हाम्रो प्रस्तुतिमा मान्छेको दिल हँसाउने प्रयास गरेका छौँ ।’ कार्यक्रममा अन्य कलाकारहरूले यस वर्षको गाईजात्रा उत्कृष्ट रहेकाले हेर्न आउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै