चीनको नयाँ नक्सामा नेपालको ‘चुच्चे’ नक्सा गायब
काठमाडौँ । छिमेकी राष्ट्र चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सालाई मान्यता नदिएको पाइएको छ । सो नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएको हो ।
चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा देखिएको नेपालको नक्सामा नेपालको चुच्चे भाग गायब छ । नेपालले २०७७ साल जेटमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो । सुगौली सन्धिअनुसार काली नदी र त्योभन्दा पूर्वको भूभागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो । सरकारले ती भूभागहरूलाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो ।
अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण