शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘महापुरुष’बाट हरिवंशले जिते उत्कृष्ट अभिनेता अवार्ड

मङ्गलबार, १२ भदौ २०८०, २१ : ५०
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । बिशिष्ट कलाकार हरिवंश आचार्यले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् । चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’ आचार्यले फिल्म ‘महापुरुष’बाट उक्त अभिनेता अवार्ड प्राप्त गरेका हुन् ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, बोर्ड अध्यक्ष भुवन केसी लगायतले आचार्य अवार्ड प्रदान गरे । अवार्डमा  प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी रहेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेत्री भने दिया मास्के घोषित भइन् । दीयाले चलचित्र ‘प्रकाश’ अभिनयका अवार्ड प्राप्त गरेकी हुन् ।

त्यस्तै उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद) अवार्ड फिल्म ‘चिसो मान्छे’बाट दिपेन्द्र के. खनालले हात पर्दा उत्कृष्ट छायाङ्कन अवार्ड ‘लप्पन छप्पन–२’ बाट पुरुषोत्तम प्रधानले थपे । उत्कृष्ट सम्पादन अवार्ड भने फिल्म ‘दोख’बाट निमेष श्रेष्ठले उठाउँदा उत्कृष्ट निर्देशक फिल्म ‘प्रकाश’बाट दिनेश राउत बने ।

यस्तै कार्यक्रममा उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषा)बाट हुलन छ्याँबा (देशै राम्रो) गुरुङ भाषाबाट मुनाल फिल्म प्रालि भोज बहादुर गुरुङले प्राप्त गर्दा निर्णायक विशेष छनोट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ भयो । राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिको जुरीमा राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटाको रहेका थिए ।

कार्यक्रममा विशेष चलचित्र पुरस्कार फिल्म ‘टुल्की’,  ‘निरमाया’, ‘बुलाकी’, ‘प्रसाद–२’ र ‘चिसो मान्छ’ले प्राप्त गर्यो । बिषेश चलचित्र तर्फ रविचन्द्र अधिकारी, उदय इङ्नाम सुब्बा, शिवजी लामिछाने, सम्पदा मल्ल, राजु खत्री क्षेत्री,  विष्णु शर्मा निर्णायक रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप