आजदेखि कार्यान्वयनमा जाँदै एमसीसी, समयमै सकिएला ?
काठमाडौँ । अमेरिकी सहायता मिलियन च्यालेन्ज (एमसीसी) परियोजना आज (बुधबार) देखि कार्यान्वयनमा जाने भएको छ । आज दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीबीच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान गरेपछि परियोजना कार्यान्वयनमा जाने भएको हो ।
एमसीसी कार्यान्वयनमा जाने सम्झौता गर्न अमेरिकाबाट उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइसकेका छन् । एमसीए नेपालका सञ्चार विज्ञ पुस्कर माथेमाले आजदेखि कार्यान्वयनमा जाने एमसीसी परियोजना ५ वर्षमा सकिने बताए । ‘आज दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीले कार्यान्वयनमा जाने घोषणा गर्छन्,’ माथेमाले भने, ‘सफ्ट लञ्च भएपछि कार्यान्वयनमा जाने एमसीसी परियोजना ५ वर्षमा सक्नपर्छ ।’ यसका लागि रातमाटेमा जग्गा प्राप्ती सम्पन्न भइसकेको छ । तर, यसबाहेकका अन्य स्थानमा मुआब्जाबापतको जग्गा प्राप्ति भइसकेको छैन ।
‘केही स्थानमा जग्गा अधिग्रहण सकिएको छैन । अब कार्यान्वयनमा गएपछि धमाधम अधिग्रहण हुन्छ,’ उनले भने । यो परियोजनाले आगामी ५ वर्षमा नेपालमा प्रसारणलाइनसहित रणनीतिक सडक बनाउनेछ । यसका लागि ५० करोड अमेरिकी डलर र नेपालको सरकारको १३ करोड लगानी रहनेछ । यस्तै, ३ सबस्टेसनका लागि ६ करोड ७० लाख डलरसहित ६९ करोड ७० लाख डलर रहनेछ ।
एमसीसी परियोजनाले ३१५ किलोमिटर लामो प्रसारणलाईन निर्माण गर्नेछ । र, यसका लागि १० जिल्लामा १०४ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने छ । तर, हालसम्म ९ जिल्लामा मात्रै तथ्यांक संकलन भएको छ भने आवश्यक्ताअनुसारको जग्गा अधिग्रहण समेत भएको छैन ।
नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौमा एमसीसी परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो । यो सम्झौतामा अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । त्यसपछि लामो समय कार्यान्वयनमा जाने/नजाने भन्ने विवादमा फसेको यो परियोजना २०७८ साल फागुनमा संसदबाट पारित भएको थियो ।
आजदेखि कार्यान्वयनमा जाने यो आयोजना २०८५ साल भदौ १३ भित्र सम्पन्न गरिसक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण