एमसीसीबारे ओली : सरकारले जनतालाई ढाँटेको छ
विराटनगर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पूर्ण कार्यान्वयन सुरु हुन लागेकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।
१२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् ।
सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा जानका लागि विराटनगर विमानस्थल आएका ओलीले संचारकर्मीसँग भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ÷हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’
ओलीले एमसीसीबारे वर्तमन प्रधानमन्त्री प्रचण्डले पनि केही सोध्न जरुरी नभएको भन्दै सबै कुरा प्रष्ट भइसकेको बताए । ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । योभन्दा आरोप केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन । हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’ ओलीले भने ।
एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि मंगलबार नेपाल आइपुगेका छन् । उनी नेपाल आएकै दिन प्रधानमन्त्री प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग सोध्ने बताएका थिए । यद्यपि नेपालस्थित अमेरिकी दूतावासले मंगलबार नै विज्ञप्ति जारी गरेर व्याख्यात्मक घोषणा स्वीकार्ने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण