शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे ओली : सरकारले जनतालाई ढाँटेको छ

बुधबार, १३ भदौ २०८०, ११ : ३८
बुधबार, १३ भदौ २०८०

विराटनगर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पूर्ण कार्यान्वयन सुरु हुन लागेकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । 

१२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् । 

सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा जानका लागि विराटनगर विमानस्थल आएका ओलीले संचारकर्मीसँग भने, ‘तत्कालीन  सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ÷हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’

ओलीले एमसीसीबारे वर्तमन प्रधानमन्त्री प्रचण्डले पनि केही सोध्न जरुरी नभएको भन्दै सबै कुरा प्रष्ट भइसकेको बताए ।  ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्‍यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । योभन्दा आरोप  केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन । हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’ ओलीले भने  ।

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि मंगलबार नेपाल आइपुगेका छन् । उनी नेपाल आएकै दिन प्रधानमन्त्री प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग सोध्ने बताएका थिए । यद्यपि नेपालस्थित अमेरिकी दूतावासले मंगलबार नै विज्ञप्ति जारी गरेर व्याख्यात्मक घोषणा स्वीकार्ने बताइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप