बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ४८ जना बेपत्ता

बुधबार, १३ भदौ २०८०, ११ : ४४
बुधबार, १३ भदौ २०८०

छन्दु । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छभने अन्य ४८ जना बेपत्ता भएका छन् । 

राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् ।

नौ दिन अघि भएको उक्त घटनाको विवरण ढिलो उपलव्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् । 

राजमार्ग निर्माणस्थलमा भएको उक्त दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एक जना रहेका जनाएको छ ।  एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए । प्रहरीले घटानको छानविन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप