तस्बिरमा हेर्नुस् सिराहाको अम्बासमा एमाले सचिवालय बैठक
काठमाडौँ । मधेस प्रदेशको सिराहा जिल्लास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो । बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौँ र विराटनगरबाट सिराहा पुगेका थिए ।
बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेको तयारी छ ।
_C8jt8PUzz0.jpg)
अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । भूमिगत कालमा भएको चौथो महाधिवेशनले भण्डारीलाई महासचिव चयन गरेका कारण पनि सो स्थान एमालेका लागि ऐतिहासिक मानिन्छ । सचिव भट्टराईका अनुसार एमालेको चौथो महाधिवेशनले राज्य व्यवस्था बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।
कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने तयारी छ । उक्त स्थानमा एमालेले मदन भण्डारी नामक एक विद्यालय स्थापना गरेको छ ।
_wbSqHWznsY.jpg)
_RwT6xbP5Hf.jpg)
_AhuB7Q3G4U.jpg)














_KFeoq2Xnz6.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण