जबरजस्ती करणीको अभियोग लागेका निर्देशक पोखरेल पुर्पक्षका लागि थुनामा
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोग लागेका मध्यपहाडी लोकमार्ग आयोजनाको निर्देशक हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । आफ्नै घरमा काम गर्ने किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पोखरेललाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई पुर्पक्षमा पठाउने आदेश गरेको छ । उनीसँगै पीडितलाई धम्क्याउने तथा प्रलोभन देखाउने २ जना धरौटीमा रिहा भएका छन् । पीडितलाई धम्क्याउने तथा प्रलोभनमा पार्न खोजेको आरोपमा पक्राउ परेका रामजी भनिने चेतन न्यौपाने र रन्जितकुमार जैसवाललाई जनही तीन लाख ५० हजार रुपैयाँ धरौटीमा मागेका थियो । उनीहरू धरौटी तिरेर रिहा भएका छन् ।
दुवै जनाले पीडितलाई पैसाको प्रलोभन गर्नुका साथै पीडकको तर्फबाट जे पनि हुन सक्ने भन्दै धम्क्याएका थिए । सोही आधारमा पीडितले दुवै जनाविरुद्ध समेत प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसरी प्रलोभन पार्ने र धम्की दिने २ जना भने फरार छन् । मुद्दा फितलो बनाउन र मिलापत्र गर्न प्रयास गरेका भोजराज रेग्मी र अमन तामाङ फरार भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने युवतीलाई काममा गएको बेला पटक-पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेका थिए । एक पटक माफी मागेर माफी समेत दिएकी थिइन् । तर पनि उनले त्यस्तो हरकत दोहोर्याइरहेपछि बाध्य भएर प्रहरीमा उजुरी दिएको पीडित युवतीको भनाई छ ।
पीडितले माइती नेपालको सहयोगमा गत असार १८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले साउन १२ गते पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण