सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ दूतावासमा नेविसंघको प्रदर्शन

बिहीबार, १४ भदौ २०८०, १८ : ०३
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएको भन्दै नेविसंघ विरोध प्रदर्शन गरेको हो ।

नेपालले २०७७ सालमा जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको थियो । तर चीनले आफ्नो नयाँ नक्सामा उक्त भूभाग समेटेको छैन ।  

नेविसंघले नक्सा विवाद समाधान गर्न काठमाडौंस्थित चिनियाँ दूतावासलाई कूटनैतिक नोट उपलब्ध गराएको थियो ।  कूटनैतिक नोटको जवाफ नपाएपछि नेविसंघले नक्सा संशोधन गर्न दबाब दिन दूतावास अगाडि प्रदर्शन गरेको हो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप