एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले ‘मार्चपास’ गर्ने
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन् ।
शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने नेता अनिल शर्माले बताए ।
यी कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन् । शर्माका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ । गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने शर्माले जानकारी दिए । त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ ।
पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ ।
‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौँ । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, नेता शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण