शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रघुको फिल्ममा भित्रिए मुकुन

शुक्रबार, १५ भदौ २०८०, १३ : २९
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएका अभिनेता हुन् मुकुन भुसाल । पहिलो फिल्मबाटै हिट हुन सफल उनले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा पनि सफल भए ।  बिहीबारबाट उनी अभिनित दुई फिल्म ‘ऐँचो पैंचौ’ र ‘गणपति’ एकसाथ प्रदर्शनमा आएको छ ।

दुवै फिल्म राम्रो हुने अपेक्षा उनको छ । केही फिल्म हिट दिँदा लगातार फिल्म हात पार्न सफल उनको पाइप लाइनमा ज्ञानेन्द्र देउजाको ‘उपहार’, मधुसूदन भट्टराईको ‘दौँतरी’ र विकास गिरीको ‘बिजुली’ समेत छ । यस्तैमा उनी अर्को फिल्ममा पनि अनुबन्धित भएका छन् ।

चलचित्र पत्रकार सङ्घका महासचिव तथा निर्माता रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको एक फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्ध भएका छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मिलन मिश्रको पनि अभिनय रहनेछ ।

फिल्मको लागि अभिनेता फाइनल भए पनि अभिनेत्री खोजी भइरहेको निर्माता सापकोटाले बताए । नवीन भट्टको डेब्यू निर्देशन रहने फिल्ममा सुनील निउरेको पटकथा तथा संवाद रहनेछ ।

कथा रघुनाथ सापकोटा स्वयंले लेखेका हुन् ।  ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहने फिल्मको छायाङ्कन असोजको पहिलो साताबाट छायाङ्कन सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप