मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपालको आईपीओ बाँडफाँड, झन्डै ७ हजार आवेदन रद्द

शुक्रबार, १५ भदौ २०८०, १६ : ३४
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका हुन् ।

बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको हात खाली हुन पुगेको छ ।  कम्पनीको आईपीओमा कूल १४ लाख ६६ हजार ८६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ । 

आवेदन दिएकामध्ये योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको हो । 

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कूल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप