आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सन्दर्भ मूल्य सूचिकाको समस्या सल्टाइदिन अर्थमन्त्रीसँग नाडाको माग

शुक्रबार, १५ भदौ २०८०, १७ : ५६
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सवारी साधनको आयातमा कठिनाइ भइरहेको भन्सार सन्दर्भ मूल्य सूचीको समस्या सल्टाइदिन अर्थमन्त्री डा.प्रकाशशरण महतसँग आग्रह गरेको छ । बुधबार अध्यक्ष ध्रुव थापासहितको नाडाका प्रतिनिधिले अर्थमन्त्री महतसँग भेटी अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याबारे छलफल गर्दै यस्तो माग गरेको हो । 

सो छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दै आएको सन्दर्भ मूल्य सूचीका बारेमा तत्काल सरोकारवाला निकायहरुसँग आवश्यक सल्लाह गरी यथार्तपरक मूल्य कायम गर्न अनुरोध गरे ।

अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन व्यावसायिक ऋणको पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग राखेका छन् ।  

यस्तै बंैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालू रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध समेत नाडाका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग गरेका छन् । 

अध्यक्ष थापाले नेपालमा अहिले अटोमोबाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोबाइल उद्योगहरुलाई विशेष क्षेत्रमा वर्गिकरणगरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् । 

काठमाडौँ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरी दिन उनले अर्थमन्त्री डा.महतसँग आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप