माओवादी विशेष रुपान्तरण अभियान : उपमहासचिव पुन नयाँ बसपार्कको सरसफाइ कार्यक्रममा सहभागी
काठमाडौँ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार काठमाडौँको गोंगबु नयाँ बसपार्कमा उद्घाटन तथा वडा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
पार्टीका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले अभियानको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै उपमहासचिव पुन सरसफाइ कार्यक्रममा सहभागी भएका छन् । अभियानमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेछ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण