नेपाल-चीन सीमाबाट सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ
शनिबार, १६ भदौ २०८०, १७ : १०
रसुवा । गोसाईंकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट करिब १ केजी तौलको सुन जस्तो देखिने पहेँलो धातुसहित सोही गाउँपालिका-३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ) लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण