टोखा र कीर्तिपुरसहित विभिन्न स्थानमा जुवातास खेलिरहेका १७ जना पक्राउ
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् ।
काठमाडौँको टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँको कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-१४ घर भएका ५० वर्षीय पटक गम्बिर अधिकारीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
उता झापाको दमक नगरपालिका-२ बस्ने रोजन गहतराजको सुन पसलमा जुवातास खेलिरहेको अवस्थामा गहतराज समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ९ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण