एसियाडका लागि नेपाली खेलाडीलाई व्यवहारिक ज्ञान प्रदान
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता हुने क्रममा नेपाली खेलाडीहरूमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी हुने क्रममा खेलाडीबाट भएका गल्ती र कमी कमजोरीका कारण नेपालले जरिवाना पनि तिर्नुपरेका घटनाहरू छन् ।
तर, यस पटक भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि डोपिङलगायत अन्य व्यवहारिक पक्षमा खेलाडीलाई शिक्षा प्रदान गरिरहेको छ । वाडाले प्रतिवन्धित गरेको औषधि खेलाडीले अज्ञानतापूर्वक प्रयोग गरेमा पनि त्यसलाई डोपिङ मानिन्छ । जसको कारण खेलाडीको करियर नै समाप्त हुनसक्छ । त्यसैले खेलाडीलाई डोपिङसम्बन्धि पूर्ण ज्ञान आवश्यक हुन्छ ।
चीनको हाङझाव सहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औँ एसियाली खेलकुद हुँदै छ । सोही प्रतियोगिता अगाडि राखेपले खेलाडीहरूलाई प्राविधिक प्रशिक्षणसँगै अन्य विभिन्न पक्षमा शिक्षित गराउने काम गरिरहेको छ । उक्त एसियाली खेलकुदमा नेपालका २९ खेलका २३४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सोही खेलकुदलाई लक्षित गरेर राखेपले उनीहरूको प्रदर्शन आत्मबल मिल्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । यसअघि डोपिङ शिक्षा प्रदान गरेको राखेपले शनिवार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ ।
लगनखेलमा भएको ओरियन्टेसनमा एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९औँ एसियाली तयारी समितिले यी कार्यक्रम सञ्चालन गरेको हो । साथै राखेपले अब तेस्रो चरणमा खेलाडीहरूको मोटिभसनको कार्यक्रम पनि सञ्चालन गर्दैछ । राखेपले १९औँ एसियाडमा खेलाडीहरूको प्रदर्शनमा उच्च आत्मबल बढ्ने अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण