रियललाई बेलिङह्यामकै भर
शनिबार, १६ भदौ २०८०, २२ : ३२
मड्रिड । रियल मड्रिडका लागि पुनः जुड बेलिङह्याम नायक साबित भएका छन् । यस सिजन रियल भित्रिएका बेलिङह्यामको निर्णायक गोलको मद्दतले रियलले गेटाफेलाई संघर्षपूर्ण खेलमा हराउँदै लिगमा शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।
खेलमा रियल सुरुवातमा नै पछि परेको थियो । पूर्वखेलाडी बोर्या मायोरालले खेलको ११ औँ मिनेटमा गेटाफेलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै जोसेलुले रियललाई खेलमा फर्काए ।
खेल बराबरीतर्फ अघि बढिरहेका बेला बेलिङह्यामले इन्जुरी समयमा गोल गर्दै रियललाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । जीतसँगै रियलले चार खेलबाट १२ अङ्क बटुल्दै ला लिगाको शीर्ष स्थानमा रहेको छ । गेटाफे भने चार अङ्क बटुल्दै १४ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण