एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
आइतबार, १७ भदौ २०८०, १० : ५९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन ।
‘सोमबार बस्ने खबर आएको छ । समय तय भैसकेको छैन’, पाण्डेले रातोपाटीसँग भने,‘ केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य गर्न बैठक बोलाइएको हो ।’
साथै सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण