प्रशंसकले प्रेमिकाका लागि मागे निःशुल्क टिकट, शाहरुखले भने – रोमान्समा यति सस्तो हुनु हुँदैन
‘जवान’ रिलिज हुनु अघि शाहरुख खानले आइतबार एक्समा (ट्विटर) #Asksrk सेसन राखेर प्रशंसकसँग कुराकानी गरे ।
यति बेला उनका एक प्रशंसकले शाहरुखसँग जवान फिल्मका लागि निःशुल्क टिकट मागे । ती प्रशंसकले लेखे, ‘मेरी प्रेमिकाका लागि के तपाईं निःशुल्क जवानको टिकट दिन सक्नुहुन्छ ? म निकम्मा प्रेमी हुँ ।’
यसको जवाफमा शाहरुख खानले निःशुल्क टिकट दिन नसक्ने बताए । शाहरुख खानले यसमा लेखेका छन्, ‘निःशुल्क प्रेम दिन्छु । टिकटको त पैसा लाग्छ । रोमान्समा सस्तो हुनु हुँदैन । टिकट किन्नुहोस् र उनलाई आफूसँगै लिएर जानुहोस् ।’
यस्तै, अर्का प्रशंसकले लेखेका छन्, ‘पुरा विश्वको नजर तपाईंमाथि छ । तपाईं किङ हुनुहुन्छ र जवान सबैलाई मन पर्नेछ । तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’
यी प्रशंसकलाई जवाफ दिँदै उनले लेखेका छन्, ‘म आफूलाई असाध्यै भाग्यमानी सम्झन्छु । तपाईंहरु सबैको यति माया पाइरहेको छु । म र मेरो परिवार सबैप्रति आभारी छौँ ।’
स्मरण रहोस्, एटलीको निर्देशनमा बनेको जवान ७ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज भइरहेको छ ।
जवानको एडभान्स बुकिङले पठानको रेकर्ड तोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण