आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशंसकले प्रेमिकाका लागि मागे निःशुल्क टिकट, शाहरुखले भने – रोमान्समा यति सस्तो हुनु हुँदैन

आइतबार, १७ भदौ २०८०, १६ : ५७
आइतबार, १७ भदौ २०८०

‘जवान’ रिलिज हुनु अघि शाहरुख खानले आइतबार एक्समा (ट्विटर) #Asksrk सेसन राखेर प्रशंसकसँग कुराकानी गरे । 

यति बेला उनका एक प्रशंसकले शाहरुखसँग जवान फिल्मका लागि निःशुल्क टिकट मागे । ती प्रशंसकले लेखे, ‘मेरी प्रेमिकाका लागि के तपाईं निःशुल्क जवानको टिकट दिन सक्नुहुन्छ ? म निकम्मा प्रेमी हुँ ।’

यसको जवाफमा शाहरुख खानले निःशुल्क टिकट दिन नसक्ने बताए । शाहरुख खानले यसमा लेखेका छन्, ‘निःशुल्क प्रेम दिन्छु । टिकटको त पैसा लाग्छ । रोमान्समा सस्तो हुनु हुँदैन । टिकट किन्नुहोस् र उनलाई आफूसँगै लिएर जानुहोस् ।’

यस्तै, अर्का प्रशंसकले लेखेका छन्, ‘पुरा विश्वको नजर तपाईंमाथि छ । तपाईं किङ हुनुहुन्छ र जवान सबैलाई मन पर्नेछ । तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’

यी प्रशंसकलाई जवाफ दिँदै उनले लेखेका छन्, ‘म आफूलाई असाध्यै भाग्यमानी सम्झन्छु । तपाईंहरु सबैको यति माया पाइरहेको छु । म र मेरो परिवार सबैप्रति आभारी छौँ ।’

स्मरण रहोस्, एटलीको निर्देशनमा बनेको जवान ७ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज भइरहेको छ । 

जवानको एडभान्स बुकिङले पठानको रेकर्ड तोडेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप