कांग्रेस रूपान्तरण पक्षधरद्वारा दोस्रो चरणको कार्यक्रम घोषणा
काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षधरले २४ भदौबाट दोस्रो चरणको रूपान्तरण अभियान घोषणा गरेको छ । शनिबार नेताहरूको छलफलबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको नेता जगदिश्वरनरसिंह केसीले बताए ।
‘बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । दोस्रो चरणमा १६५ निर्वाचन क्षेत्र पुग्ने गरी कार्यक्रम तय भएको छ । २४ भदौमा बिपी जयन्तीबाट दुई महिना अभियान सञ्चालन हुनेछ,’ उनले भने ।
उनका अनुसार दोस्रो चरणको अभियान २४ भदौदेखि २४ कात्तिकसम्म गरी दुई महिना सञ्चालन हुनेछ । अभियान अन्तर्गत १६५ निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गरिनेछ ।
केन्द्रीय सदस्य मधु आचार्यले बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान सञ्चालन गरिने बताए । उनका अनुसार बिपी जयन्तीको अवसर पारेर भदौ २४ मा काभ्रेपलाञ्चोक – २ बाट कार्यक्रम सुरु हुने छ ।
कार्यक्रममा पार्टी कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने आचार्यको भनाइ छ । रूपान्तरण पक्षधरले गत जेठमा सातै प्रदेश भेला गरेका थिए।
अभियानको सुझाव कांग्रेस नेतृत्वलाई बुझाइएको थियो । पहिलो चरणको अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका र डायस्पोराको भेला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँचो समीक्षकको निष्ठा लेखकप्रति होइन, सत्यप्रति हुन्छ
-
४२ जना उपसचिवको सरुवा, केही प्रमुख जिल्ला अधिकारी पनि फेरिए (सूची)
-
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण