आरजु राणाको नेतृत्वमा धान उत्पादन अवलोकन गर्न ६ सांसद बंगलादेश जाने
आइतबार, १७ भदौ २०८०, १७ : २६
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाको नेतृत्वमा उनीसहित समितिका ६ जना सांसद बंगलादेश जाने भएका छन् । बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न सचिवालयका १ कर्मचारी सहितको टोली असोजको दोश्रो साता बंगलादेश जाने भएको हो ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणमा जाने सांसदहरुको नाम छनौट गरेको छ । सांसदहरु अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत, सुर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एकजना सांसद बंगलादेश भ्रमणमा जाने भएका छन् । यस्तै समितिका उपसचिव शिवदत्त बरालपनि सो भ्रमणटोलीमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण