नबिलले ल्यायो विशेष तीज अफर
आइतबार, १७ भदौ २०८०, १७ : ३९

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)