अब विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता
काठमाडौँ । अबदेखि विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ । नेपाल क्लियरिङ हाउस र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता भएसँगै विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा कोष वितरण हुने भएको हो ।
सम्झौताअनुसार एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी सामाजिक सुरक्षा कोषबाट भुक्तानी हुनेछ । सम्झौतामा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरे ।
हाल नेपाल सरकारको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ । हाल विभागमा ३७ लाखभन्दा बढी लाभग्राहीहरु आबद्ध छन् । जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आइएको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएकोमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् छ । यस्तै, पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण