रुसी सेनामा दुई लाख ८० हजार भर्ती
आइतबार, १७ भदौ २०८०, २० : ५३

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रुसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् ।
युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए ।
रुसी सेनाले अनलाइन र रुसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।
सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरमाराको गिरवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी
-
प्रदेश युवा सम्मेलन : जिम्मेवार नेतृत्वका लागि युवापुस्ताले काउन्टर दिनुपर्छ