मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र
गण्डकी । पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–१६ र १९ को रेखाङ्कन परिवर्तन गर्न माग राखी आन्दोलनरत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित सङ्घर्ष समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष ज्ञापनपत्र पेस गरेको छ ।
पटकपटक आन्दोलन गर्दा पनि मागमा सुनुवाइ नभएको भन्दै मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले जानकारी दिए । यसअघिको रेखाङ्कनअनुरुप काम सुरु भएमा पोखरा–१६ र १९ का करिब तीन सय घरधुरी प्रभावित हुने, महेन्द्र र चमेरे गुफा सङ्कटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा गलत रेखाङ्कन हटाउने काम गरी विकल्पको व्यवस्थापनतर्फ लगिएमा लामो समयदेखि अनाहकमा मानसिक पीडा खेप्दै संघर्षरत स्थानीय पीडितहरूले न्याय पाउने र पीडा मुक्त हुने र यस क्षेत्रका विविध राष्ट्रिय सम्पदाको दिगो संरक्षणको सुनिश्चितता हुने भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले पीडितका मागप्रति आफू सकारात्मक रहेको बताउँदै मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने बताए । प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै उनले जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण